मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • यी युवती जस्को प्रबेशसंगै खाना खाईरहेका बलिउड सुपरस्टार खान छोडेर जुरुक्क उठे
मनोरञ्जन

यी युवती जस्को प्रबेशसंगै खाना खाईरहेका बलिउड सुपरस्टार खान छोडेर जुरुक्क उठे

बलिउडको चलेको फिल्म मध्ये एक हो कभी खुशी कभी गम । यही फिल्मकी सानी करीना कपुर अर्थात प्यारी पू (पुजा) अब ठुली भइसकेकी छिन् । करण जोहर मल्टी स्टारर फिल्ममा करीना कपुरको सानोको रोल मालबिका राजले निभाएकी थिईन् । सानै उमेरमा मालबिकाले पुजाको रोल यति मज्जाले निभाएकी थिइन् जस्लाई दर्शकहरुले आज सम्म भुल्न सकेका छैनन् ।

उनै मालबिका अब स्क्वाड मार्फत एक पटक फेरी बलिउडमा धमकेदार इन्ट्रि मार्दैछिन् । यसका साथ साथै उनले शाहरुख खानको बिषयमा एकदमै मन छुने कुरा खुलासा गरेकी छिन् । चलचित्र कभी खुशी कभी गमको दौरानमा मालबिकाले आफ्ना को–स्टार्स संग एकदमै रमाईलो पल ब्यतित गरेकी थिईन् ।

उनले त्यसमध्ये एक खास र बिशेष क्षणको याद गर्दै भन्छिन्– एक दिन सेटमा पुरै टीमको साथमा लन्च भइरहेको थियो । त्यतिबेला मैले इन्ट्रि मारे । मलाई भित्र आउँदै गरेको देखेर शाहरुख खान आफ्नो खाना छोडेर म संग भेट्नका लागि उठ्नु भयो । शाहरुख खान यति ठुलो स्टार भएर पनि यति धेरै रेस्पेक्ट देखेर मेरो मनमा छोयो ।

साँच्चिकैमा यति ठुलो स्टार कोही आउने बिषयलाई लिएर आफ्नो खाना छोडेर उठ्नु भनेको कुनै मामुली कुरा हैन । मालबिका कभी खुशी कभी गमको समयमा एकदमै सानी थिईन् । अमिताभ बच्चन, जया बच्चन, ऋतिक रोशन, काजोल, करीना कपुर तथा शाहरुख खान जस्ता स्टारहरुको साथमा काम गर्न पाउनु एकदमै खास कुरो रहेको उनले बताईन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै