मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा
मनोरञ्जन

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

इटहरीः डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ ।

अमन कुमार देवको निर्माण रहेको चलचित्रमा, गगां कुबँर, रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी, अम्बिका, पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय रहेको छ ।

समाजमा रहेको चेलिबेटी वेचविखनको कारणबाट उत्पन्न विभिन्न आरोह अवरोहलाई चलचित्रमा मुख्य रुपमा समेटिएको छ । भारतमा बेचिएकी नेपाली चेलीले कसरी त्यहाबाट फर्किएपछी बदला लिएकी छिन भन्ने विषय बस्तुलाई चलचित्रमा देखाइएको छ ।

शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रमा कृण्ण पाण्डेको छायांकन, देव मर्हजनको फाइट, राजन महर्जनको नृत्य, विश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ । चलचित्रमा शंकर अधिकारी घायलले गीत लेखेका छन् । नृत्य शिवा दिपक लिम्बु र पूर्ण सापकोटाको स्वर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै