बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • सर्पदंशको घटना बढेसँगै गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीले आकस्मिक कक्षको भुइँमा बसेर उपचार गराउँदै
समाचार

सर्पदंशको घटना बढेसँगै गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीले आकस्मिक कक्षको भुइँमा बसेर उपचार गराउँदै

जिल्लाको बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ । आज सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पताल भर्ना भएका छन् । सर्पले डसेर तिलाठी कोइलाडी गाउँपालिका–१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अहब सन्तोष मेहताका अनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् । अन्य अस्पताल तथा निजी क्लिनिकमासमेत सर्पदंशका बिरामी उपचार गराउँदै आएका छन् । “सर्पदंशको घटना ह्वात्तै बढेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले भन्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार