मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक
मनोरञ्जन

यस्तो छ फिल्म ‘ओभर डोज’को फष्टलुक

काठमाडौँ । फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । फिल्मको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन् । फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवन कुमार केसीले बताए ।

‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरुको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भने ‘फिल्म सबैले रुचाउँने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उदेश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले सुनाए । फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ ।

कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाँहिर बितरण गर्न लागेको हो । अव फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले फिल्म ‘ओभर डोज’ रिलिज गर्न लागेको बितरक करण श्रेष्ठले बताए । ‘ओभर डोज’ मात्र होइन । त्यसपछि पनि म लगातार फिल्म रिलिज गर्छु’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै