मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • पञ्चपुरीले जित्यो कांक्रेविहार गोल्डकपको उपाधि
खेलकुद

पञ्चपुरीले जित्यो कांक्रेविहार गोल्डकपको उपाधि

कर्णाली, १५ कात्तिक: वीरेन्द्रनगरमा सम्पन्न कांक्रेविहार गोल्डकप फुटबलको उपाधि पञ्चपुरी नगरपालिकाले जितेको छ । आज भएको अन्तिम खेलमा पेनाल्टी सुट आउटमा वीरेन्द्रनगरलाई हराउँदै पञ्चपुरीले गोल्डकप उपाधि हात पार्यो ।

पञ्चपुरीले ६–५ गोलअन्तरको जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल एक–एक बराबरीमा सकिएपछि आइतबार पेनाल्टी हान्ने क्रममाविवादभई प्रतियोगिता स्थगित भएको थियो ।

पञ्चपुरीले भेरीगङ्गा, गुर्भाकोट नगरपालिकाको टिमलाई पाखा लगाउँदै वीरेन्द्रनगरसँग अन्तिम प्रतिष्पर्धा गरेको हो । वीरेन्द्रनगरले भने सिम्ता र चिंगाड गाउँपालिकाको टिमलाई हराउँदै उपाधि नजिक पुगेको थियो ।

गोल्डकप विजेता पञ्चपुरीले रु एक लाखनगदसहित ट्रफी तथा उपविजेता वीरेन्द्रनगरले रु ५० हजार पुरस्कार पाएका छन् । कांक्रेविहार युवा क्लब सुर्खेतद्वारा आयोजित यो अन्तर पालिकास्तरीय प्रतियोगिता हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै