मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो
मनोरञ्जन

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

मनाङ, १४ कात्तिक: बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ । उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो ।

काठमाडौँमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायाङ्कन गरिएको थियो ।

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उहाँ नेपाल आउन नसकेपछि उहाँको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै