मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • मगन्ते निरुत्साही पार्दै प्रहरी
समाचार

मगन्ते निरुत्साही पार्दै प्रहरी

वीरगञ्ज, ११ कात्तिक: विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिक स्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो ।

त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । हाल वीरगञ्ज बजार आसपास क्षेत्रमा करिब १०० को सङ्ख्यामा विभिन्न उमेर समूहका भारतबाट आएका मागन्ते छन् ।

विभिन्न बालबालिकादेखि वृद्धवृद्धासम्मको उमेर समूहका भारतीय मगन्ते सक्रिय छन् । विभिन्न भेषमा शारीरिकरुपमा अशक्त देखिने गरी नक्कली मगन्तेले सर्वसाधारणलाई दुःख दिन थालेपछि यस्तालाई निरुत्साहित पार्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

विशेष गरी चाडबाड लक्षित गरी भारतीय बजारबाट यस्ता मगन्ते हरेक वर्ष वीरगञ्ज आउने गर्दछन् । मगन्तेलाई सार्वजनिकस्थलमा सर्वसाधारणलाई पैसा माग गरी दुःख दिने प्रवृत्ति बढ्दै गएपछि प्रहरीले निरुत्साहित गर्न यस्तो अभियान चलाएको हो । गाउँपालिकाद्वारा निःशुल्क बस सेवा सञ्चालनमा: बाराको देवताल गाउँपालिकाले वृद्धवृद्धालाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले यसै वर्षको नीति तथा कार्यक्रमबमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्धवृद्धालाई बैंकसम्म आउन जान सजिलो होस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले बताउनुभयो । उक्त बस रु ३९ लाखको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै