मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • सिंहदरबारमा एक राउण्ड गोली फायर
समाचार

सिंहदरबारमा एक राउण्ड गोली फायर

काठमाडौँ, १० कात्तिक: चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै