बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट, दुबै बालबालिकाको मृत्यु
समाचार

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट, दुबै बालबालिकाको मृत्यु

मजार–ए–शरिफ, ३० असार । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुने क्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिनुभयो ।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ । तालिबान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्सेनि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ । –सिन्ह्व

चर्चामा

सम्बन्धित समाचार