शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बबई नदीले बगाउँदा ६० वर्षीय बृद्धा बेपत्ता
समाचार

बबई नदीले बगाउँदा ६० वर्षीय बृद्धा बेपत्ता

बबई नदीले बगाउँदा बबई गाउँपालिका–१ का वडा सदस्य पूर्णकली विकका बुबा ६० वर्षीय भुपाल कामी भएका छन् । गङ्गटेस्थित वडा कार्यालयबाट भत्ता बुझेर घर फर्कने क्रममा बबई नदी तर्दै गर्दा उनलाई गत असार २७ गते करीब ५ः३० बजे नदीले बगाएको थियो । बेपत्ता भएका कामीको अवस्था अझै अज्ञात रहेको वडासदस्य विकले जानकारी दिनुभयो ।

विकट वडा भएकाले सञ्चारको पहुँच नहुँदा प्रहरी तथा गाउँपालिकासम्म खबर गर्न पनि समस्या भएको र हिजो मात्र जानकारी गराएको वडा सदस्य विकले बताउनुभयो । स्थानीयवासीको सक्रियतामा खोजी जारी रहे पनि नदीमा पानीको सतह बढेकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै