मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण, २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त
प्रदेश १

प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण, २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त

विराटनगर, ८ कात्तिक: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै