बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बालबालिकालाई अप्राकृतिक मै’थुन गर्ने विदेशी नागरिक पक्राउ
समाज

बालबालिकालाई अप्राकृतिक मै’थुन गर्ने विदेशी नागरिक पक्राउ

कास्की, ८ कात्तिकः प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौ’नजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी प’क्राउ गरी नाबालकको उ’द्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले प’क्राउ गरेको जनाइएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मै’थुन तथा बालबालिकाविरुद्धको क’सुरमा सात दिन म्याद थपको अनुमति लिई घ’टना सम्बन्धमा अ’नुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फे’ला पारिएको जनाइएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार