बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • हिसान गण्डकीका अध्यक्षमा बराल
शिक्षा

हिसान गण्डकीका अध्यक्षमा बराल

कास्की, ७ कात्तिकः उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन हुनुभएको छ । सङ्घको पोखरामा शनिबार साँझ सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले उहाँका अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो । सङ्घीयताको कार्यान्वयनपछि हिसानले पहिलोपटक प्रादेशिक सम्मेलनमार्फत नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा (कास्की), उपाध्यक्ष छविलाल कँडेल (नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल (कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल (कास्की), सहसचिवमा बालाकृष्ण शर्मा (बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला (नवलपुर) चयन हुनुभयो ।

यसैगरी सदस्यमा कमलराज सापकोटा (कास्की), लीलानाथ काफ्ले (तनहुँ), जनक केसी (गोरखा), धनबहादुर थापा (कास्की), लीलावती प्रधान (कास्की) र दीपक शर्मा मरासिनी (स्याङ्जा) रहनुभएको छ । सल्लाहकारमा शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी, बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्र केशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन हुनुभयो । आमन्त्रित सदस्यमा डा त्रिभुवन शर्मा पौडेल हुनुभएको हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष बरालले निजी विद्यालय तथा कलेजको लगानी संरक्षण तथा शैक्षिक गुणस्तर कायम गर्नका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हिसानको पहिलो प्रदेश अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार