बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • ग्यास चुहिएर आगलागी हुँदा पाँच जना जलेर घाइते, तीन जनाको अवस्था गम्भीर
समाचार

ग्यास चुहिएर आगलागी हुँदा पाँच जना जलेर घाइते, तीन जनाको अवस्था गम्भीर

भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हुँदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा भारतको वेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । पौडेलको घर डेरा गरी बस्ने उनीहरुले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो । स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै