बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बाढीपीडित क्षेत्रको अवलोकन
समाज

बाढीपीडित क्षेत्रको अवलोकन

बर्दिया, ६ कात्तिकः प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताउनुभयो ।

स्थानीय सरकारलाई तत्काल पीडितको क्षतिको विवरण सङ्कलन गरेर उपलब्ध गराउन उहाँले निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आलेलगायत सहभागी हुनुहुन्थ्यो ।

कर्णाली नदीमा आएको बाढीका कारण राजापुर नगरपालिकाको एक हजार २८४ घर धुरी डुबानमा परेको थियो त्यस्तै गेरुवा गाउँपालिकाको २१० घरधुरी डुबानमा परेका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार