मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण
स्वास्थ्य

प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण

विराटनगर, ५ कात्तिकः पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको छ ।

सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन/तीन, हल्दिबारी र कनकाईमा दुई/दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई,

कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक/एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै