सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • काठमाडौंमा भेटियो २० वर्षीय सुन्दरीको बोइज होस्टेल, थर्काएर सुधार्छिन् केटाहरु (भिडियोसहित)
समाचार

काठमाडौंमा भेटियो २० वर्षीय सुन्दरीको बोइज होस्टेल, थर्काएर सुधार्छिन् केटाहरु (भिडियोसहित)

महिलाले पुरुष होस्टेल चलाउनु सामान्य कुरा होइन । समाजमा व्याप्त सोचले यसलाई असामान्य ठान्न बाध्य पार्छ । तर, २० वर्षकी कविता यादवले भने साहसका साथ बोइज होस्टेल खोलिन् । भर्खर प्लस टू को परीक्षा सकेर बसेकी कवितालाई कोटेश्वरमा बोइज होस्टेल खोलेकी हुन् । सप्तरीबाट काठमाडौं आएर होस्टेल खोल्ने साहस कसरी आयो त ?

अहिले उनको होस्टेलमा जम्माजम्मी ११ जना पुरुषहरु बस्छन् । कवितालाई उनका भाईले पनि सघाउँछन् । खाना पकाउन र सरसफाईका लागि कामदार राखेकी छन् । बोइज होस्टेल खोल्ने योजना घरमा सुनाउँदा शुरुमा उनले परिवारबाट साथ पाइनन् । तर, बुझाउँदै गएपछि उनका बुबा छोरीको योजनामा सहमत भए ।

परिवारकै ९ लाखको लगानीमा उनले होस्टेल खोलेकी हुन् । काठमाडौंका होस्टेलमा खानाको गुणस्तर नहुने सुनिने गरेको छ । त्यसैले कविताले आफ्नो होस्टेलको पहिलो विशेषता नै खानाको गुणस्तर हुने बताइन् । ‘होस्टेलको खानाको विषयमा भाईले सधैं गुनासो गथ्र्यो, त्यसैले मैले आफ्नो होस्टेलमा खानालाई गुणस्तरीय बनाउन ध्यान दिएकी छु, अहिले राम्रो छ, सबै सन्तुष्ट छन्’, उनले भनिन् । हेर्नुहोस् भिडियो

चर्चामा

सम्बन्धित समाचार

भर्खरै