बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला
विविध

कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

रामपुर, ५ कात्तिक: रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।

भुजातमा अन्दाजी ४०/४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार