बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • फोनिज गण्डकीका अध्यक्षमा मगर
समाचार

फोनिज गण्डकीका अध्यक्षमा मगर

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा एमबी (मानबहादुर) आस्था मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार अबेर सम्पन्न प्रथम प्रादेशिक महाधिवेशनबाट आस्था(कास्की)को अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । त्यसैगरी उपाध्यक्षमा दिल शिरिष (बागलुङ) उपाध्यक्ष महीलामा कमला राना (नवलपुर) महासचिवमा रुद्र श्रीसमगर (कास्की), सचिवमा खिमा गुरुङ (सङ्गठन) कास्की, सचिवमा तनहुँका सुनिता थापामगर (संस्थागत) र कोषाध्यक्षमा सिर्जना राना (तनहुँ) रहनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा सुसान्त गाहामगर (कास्की), सुमन गुरुङ (कास्की), गणेश गुरुङ (म्याग्दी), तिलक गुरुङ (स्याङ्जा), मुना थापामगर (नवलपुर), सूर्यकुमारी महतो (नवलपुर), सुमन थापामगर (कास्की), मीना थापामगर (मगर पत्रकार सङ्घ), र मनिलाल गुरुङ (तमु सञ्चारकर्मी सङ्घ) हुनुहुन्छ । नवनिर्वाचित कार्यसमितिलाई फोनिजका राष्ट्रिय अध्यक्ष डण्ड गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष आस्था मगरले फोनिजलाई सशक्त संस्थाको रुपमा अघि बढाउँदै पत्रकारिताको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार