मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी
स्वास्थ्य

गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ, २ कात्तिक: गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो ।

सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गर्नुभयो ।

वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना हुनुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै