बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • १४ दिने बच्चाको यसरि गरियो दुर्लभ अप्रेशन
स्वास्थ्य

१४ दिने बच्चाको यसरि गरियो दुर्लभ अप्रेशन

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा चौध दिने नवजात शिशुको दुर्लभ अप्रेशन गरिएको छ । नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कंजेनिटल डायफ्रामाटिक हर्निया’ को शल्यक्रिया गरिएको हो ।

थापाथली अस्पतालमा सिनामंगल गैरीगाउका सरस्वति तामांग बाट जन्मिएको बच्चामा हर्निया देखिएपछि केएमसी अस्पतालमा रेफर गरेर पठाइएको थियो। शल्यक्रियामा संलग्न डाक्टर आशिष लाल श्रेष्ठका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘दायाफ्राम’ मांसपेशीमा प्वाल थियो ।

पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेको कारण पेट भित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको डाक्टर श्रेष्ठले बताए । जसका कारण बच्चालाई स्वास फेर्न गार्हो भएको थियो । सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भए पनि सरस्वतीले ३५ हप्तामै छोरालाइ जन्म दिएकी थिइन् । राजधानी दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार