बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • कर्सियाको सिटिजन्स बैंकमा गोली चल्यो, प्रहरीले गर्यो यस्तो पुष्टि
अर्थ/वाणिज्य

कर्सियाको सिटिजन्स बैंकमा गोली चल्यो, प्रहरीले गर्यो यस्तो पुष्टि

मोरङ । मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिटिजन्स बैंकको कर्सिया शाखामा आज दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा

लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।

गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार