बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • एक्लै बस्ने पूर्णबहादुर बुढाको कसले गर्यो घाँ’टी रे’टेर ह’त्या ? कुकुरसहितको टोलीले अनुसन्धान गर्दै
समाज

एक्लै बस्ने पूर्णबहादुर बुढाको कसले गर्यो घाँ’टी रे’टेर ह’त्या ? कुकुरसहितको टोलीले अनुसन्धान गर्दै

रोल्पा । रोल्पामा एक पुरुषको घाँ’टी रे’टेर ह’त्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बाेटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँ’टी का’टिएको अवस्थामा श’व फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा ह’त्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घ’टना श’ङ्कास्पद भएकाले थप अ’नुस’न्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रनानि सुवेदी नेतृत्वको प्रहरी टोली घ’ट’नास्थल पुगेको बताइएको छ । बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए ।

गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । श्रीमतीको केही समयअघि मृ’त्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आउनुभएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार