बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • मनोज गजुरेलले दोस्रो विवाह गरेपछि पुर्वपत्नि मिनाले लेखिन् यस्तो स्टाटस
मनोरञ्जन

मनोज गजुरेलले दोस्रो विवाह गरेपछि पुर्वपत्नि मिनाले लेखिन् यस्तो स्टाटस

काठमाडौँ, २५ असोज। चर्चित हास्यकलाकार मनोज गजुरेल ले दोस्रो विवाह गरेको छन्। पूर्वपत्नी मिना ढकाल संग सम्बन्ध विच्छेद भएको ४ वर्षपछि गजुरेलले दोस्रो विवाह गरेका हुन्। उनले न्याय सेवाकी अधिकृत मंजु पोख्रेलसंग सोमवार विवाह गरेका हुन्।

सामाजिक संजाल फेसबुकमा स्टाटस र तस्विर राख्दै गजुरेलले आफुहरु विवाह बन्धनमा बाधिएको जानकारी दिएका हुन्। मनोज र मंजुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्ष अघि सम्बन्ध विच्छेदमा टुंगेको हो । पहिलो श्रीमतीबाट मनोजका एक छोरी र एक छोरा छन्। सामाजिक संजाल मार्फत गजुरेलले आफ्ना बारेमा काल्पनिक समाचार नलेखिदिन पनि संचारकर्मीहरुसंग आग्रह गरेका छन्।

मनोज गजुरेलको विवाह भएको समाचार सार्वजनिक भएपछि उनकी पूर्वपत्नी मिना ढकालले कस्तो प्रतिक्रिया दिन्छिन् भन्ने तर्फ धेरैको चासो छ। यहि बीच गजुरेलकी पूर्वपत्नी ढकालले स्टप स्टप स्टप भन्दै इनबक्समा अनावश्यक म्यासेज नगर्न भनेकी छन्।

उनले आफ्ना पुर्वपतिको दोस्रो बिहेलाई इंगित गर्दै अर्को स्टाटस समेत लेखिकी छिन्। उनले मुकुन्द घिमिरे उर्फ मुकुन्देको फेसबुक स्टाटसलाई शेयर गर्दै, त्यहि त नि, के नै ठुलो र नौलो काम गर्या होर ? भन्दै क्याप्सन लेखिकी छिन्।

चर्चामा

सम्बन्धित समाचार