आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर
समाचार

विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

अछाममा जङ्गली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।

आइतबार बेलुका जङ्गली च्याउ र निहुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिनुभयो ।

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार