बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • मगर हत्याको घटनाले जिल्लामा त्रास फैलियो
समाज

मगर हत्याको घटनाले जिल्लामा त्रास फैलियो

झापा, २५ असोज: जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।

बङ्गुर फ्रेस हाउस चलाउँदै आउनुभएका उहाँको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

बडादसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ । परिवारले उहाँको साथमा रु दुई लाख रकम भएको जनाएको छ । परिवारका अनुसार उहाँले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गर्नुभएको थियो ।

सोही पैसा लुट्न उहाँको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार