बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • केपी ओलीसंग प्रतिस्पर्धा गर्ने घनश्याम भूसालको घोषणा
राजनीति

केपी ओलीसंग प्रतिस्पर्धा गर्ने घनश्याम भूसालको घोषणा

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी १० औ महाधिवेशनमा अध्याक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजय दशमी, दीपावली, छठ लगायतका चाडपर्वका अवसरमा पत्रकारसंग आइतवार काठमाडौँमा भेटघाट गर्दै उपमहासचिव भूसालले पार्टीको १० औ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका हुन्।

‘हाम्रो पार्टी को विधान मै स्पस्ट व्यवस्था छ। केन्द्रिय कमिटिको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षमा उम्मेदवारी दिन पाउछ,’ उनले भने।
हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्ष उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओली लाई पुन: अध्यक्ष हुन सहज हुनेगरी विधान संशोधन गरेको छ।

एमाले भित्र ‘१० भाइ’ भनेर चिनिने नेता मध्येका एक उपमहासचिव भूसाल पनि हुन्। वैचारिक नेताका रुपमा समेत चिनिने उपमहासचिव भूसाल महाधिवेशनमा ओलीसंग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका हुन्। एमाले को १० औ महाधिवेशन अगाडी १०-१३ मङ्सिरमा बुटवलमा हुने निर्णय भइसकेको छ।

हालै सम्पन्न प्रथम विधान महाधिवेशनको मिति समेत टुंगो लगाइसकेको छ। राष्टिय महाधिवेशनले एमालेको नया नेतृत्व चयन गर्नेछ। विधान महाधिवेशनबाट एमालेका पदाधिकारी सहित कमिटीहरुको संख्या र आकार निर्धारण भइरहेको छ। सम्पन्न विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ।

पदाधिकारी १ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र सात सचिव सहित २ सय २५ सदस्यीय केन्द्रिय कमिटि हुने विधान पारित भएको छ । उता आइतवार आयोजित एक कार्यक्रम बीच महासिचिव इश्वर पोखरेलले अध्यक्ष ओली अध्यक्ष मा उम्मेदवारी दिने बताएका छन् ।

यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पोखरेलले ओली उम्मेदवार नभएको अवस्थामा आफू उम्मेदवारी हुने बताइसकेका छन्। आगामी महाधिवेशनमा आफूले महासचिव पदमा पुन: उम्मेदवारी नदिने उनले बताए। तेस्रोपटक महासचिव नहुने बताउदै उनले भने, ‘तेस्रो चोटी महासचिव हुन्न । विधानले पनि दिदैन । मेरो व्याक्तिगत चाहनाले पनि दिदैन।

आउदो महाधिवेशनबाट पनि पार्टी अध्यक्षमा ओलीलाई नै निरन्तरता पाउने संकेत उनले गरेका छ। राष्टिय राजनीति दुइ ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउन आगामी महाधिवेशनमा पनि ओलीलाई नै पार्टीको अध्यक्ष बनाउनुपर्ने संकेत उनले गरे । राजधानी दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार