बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पटिहानीतर्फ जाँदै गरेको बसको ठक्करबाट बालकको मृत्यु
विविध

पटिहानीतर्फ जाँदै गरेको बसको ठक्करबाट बालकको मृत्यु

चितवन, २४ असोज: भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।

बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन । (रासस)

चर्चामा

सम्बन्धित समाचार