सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • माछा मार्न गएका कँडेललाई मस्र्याङ्दी नदीले बगायो
समाचार

माछा मार्न गएका कँडेललाई मस्र्याङ्दी नदीले बगायो

माछा मार्ने क्रममा मस्र्याङ्दी नदीले बगाउँदा तनहुँमा आज एक जना बेपत्ता भएका छन् । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी नदीमा माछा मार्ने क्रममा सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्णबहादुर कँडेल नदीले बगाएर बेपत्ता भएका हुन् ।

नदीले बगाएर बेपत्ता भएका कँडेलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । केही दिनदेखि लगातार परेको वर्षासँगै बढेको मस्र्याङ्दी नदीले कँडेललाई बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै