बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो, दुईको मृत्यु
प्रदेश १

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो, दुईको मृत्यु

विराटनगर, २४ असोज: पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा, मोरङ र सुनसरीमा क्रमशः ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई/दुई, इलाममा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार