बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • बेदनाले भरिएको अत्यन्तै मार्मिक दशैं गीत “मुग्लान” सार्वजनिक
भिडिओ

बेदनाले भरिएको अत्यन्तै मार्मिक दशैं गीत “मुग्लान” सार्वजनिक

काठमाण्डौं । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा गीत संगीतहरु बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । गायक रोहित गैरे र गायिका गीता विश्वकर्माको बेदनाले भरिएको मौलिक दशैं गीत “मुग्लान” गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा धन कमाउनको लागी विदेशमा गएको सन्तान र स्वदेशमा उसको परिवारमा परेको पिडालाई गीतमा समावेश गरिएको छ । शिला दुखी र जुना पुलामीको शब्द तथा मनोज विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ ।

राम कृष्ण कडेँलको छायाँकन, विष्णु प्रसाद अर्यालको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा देख्न सकिन्छ । भिडियोमा रितेष श्रेष्ठ, सुर्य क्षितिज लामा, सविना केसी, स्वस्तिका राई, लक्ष्मी लामा, राजन मर्हजन, बसन्त बर्मा, मोती राम थापा, युवराज गजमेर, पुजा नेपालीको अभिनय रहेको छ । “मुग्लान” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

चर्चामा

सम्बन्धित समाचार