बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • महिलाहरुका लागि रातो मासु हुन्छ निकै खतरनाक, लाग्न सक्छ यस्तो गम्भीर रोग
स्वास्थ्य

महिलाहरुका लागि रातो मासु हुन्छ निकै खतरनाक, लाग्न सक्छ यस्तो गम्भीर रोग

एजेन्सी । धेरै मानिसहरुको लागि रातो मासु स्वादका कारण आकर्षण बनेको छ । तर यसले स्वास्थ्यमा पुर्याउने गम्भीर समस्याको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ। अनुसन्धान कर्ताहरुका अनुसार रातो मासु खानाले महिलाहरुमा स्तन क्यान्सरको समस्या निम्तिन सक्छ । यसको तुलनामा कुखुराको मासुले कम असर गर्ने बताइएको छ ।

अमेरिकाको नेशनल इन्स्टिट्युट अफ एन्वायरनमेन्टल हेल्थ साइन्सका डाक्टर डेल पी स्याण्डर भन्छन्, ‘हामीले ४२ हजार १२ जना महिलाहरुमा गरेको अनुसन्धानले रातो मासु खाने महिलाहरुलाई बढी स्तन क्यान्सरको समस्या देखियो ।’ सक्टर स्याण्डलरका अनुसार उनीहरुले यो अनुसन्धान ७ बर्षसम्म जारि राखेका थिए।

अनुसन्धानबाट १५ सय ३६ महिलामा स्तन क्यान्सर भएको देखियो । उनीहरुले बढीभन्दा बढी रातो मासुको सेवन गर्ने गरेको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् । कुखुराको मासु सेवन गरेका महिलाहरुमा स्तन क्यान्सरको जोखिममा कम हुने अनुसन्धानको निष्कर्ष छ ।

चर्चामा

सम्बन्धित समाचार