शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • ज्येष्ठ नागरिकको पालनपोषण गर्ने २१ जोडी छोराबुहारी सम्मानित
समाचार

ज्येष्ठ नागरिकको पालनपोषण गर्ने २१ जोडी छोराबुहारी सम्मानित

दोलखाको तामाकोशी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गरी पालनपोषण गर्ने २१ जोडी असल छोरा बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई माया ममतापूर्वक पालनपोषनमा ध्यान दिने २१ जोडी छोरा, बुहारी तथा छोरीलाई एक कार्यक्रमको आयोजना गरी आइतबार सम्मान गरेको हो ।

आथिक वर्ष ७५/७६ अन्तर्गत विनियोजित लक्षित वर्गतर्फको ज्येष्ठ नागरिक सम्मान तथा असल छोरा, बुहारी र छोरी सम्मान कार्यक्रमअन्तर्गत प्रत्येक वडाबाट तीन तीन जनाका दरले २१ जनालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको हो ।

जनप्रतिनिधि ज्येष्ठ नागरिकको घरघरमा पुग्ने र ज्येष्ठ नागरिकसँगको छलफलपछि असल छोराबुहारी, छोरीको छनोट गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । ज्येष्ठ नागरिकको पालन पोषणलाई मध्यनजर गरी तामाकोशी गाउँपालिकाले गत वर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरी रकम विनियोजन गरेको थियो ।

विभिन्न घरायसी कामले गर्दा ज्येष्ठ नागरिकको हेरचाहमा विस्तारै कमी हुँदै गएको देखिएकाले ज्येष्ठ नागरिकको सम्मानका लागि गाउँपालिकाले असल छोराबुहारी सम्मान कार्यक्रम शुरु गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार