बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • मुटुसम्बन्धी समस्या भएकी वडा सदस्य चन्दको उपचारका क्रममा निधन
स्वास्थ्य

मुटुसम्बन्धी समस्या भएकी वडा सदस्य चन्दको उपचारका क्रममा निधन

बैतडी, २३ असोजः आज एक जनप्रतिनिधिको निधन भएको छ । मेलौली नगरपालिका–१ का महिला वडा सदस्य द्रोपदी चन्दको उपचारका क्रममा निधन भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि त्यहाँ गएकी थिइन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनि सदस्यमा निर्वाचित भएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार