बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • यी ५ गम्भीर रोगको औषधी हो कफी !
स्वास्थ्य

यी ५ गम्भीर रोगको औषधी हो कफी !

एजेन्सी। धेरै जसो मानिसको दिनको सुरुवात बिहान चिया वा कफीको सेवन संगै हुने गर्दछ । नेशनल कफी एशोसियसनका अनुसार ६३ प्रतिशत अमेरिकीले बिहान आँखा खुल्ने वित्तिकै कफी पिउछन । कफी पिउनुका थुप्रै फाइदा छन् जसको बारेमा तपाईले पहिला कहिल्यै नसुनेको पनि हुन सक्छ ।

१. स्वास्थ्य विशेषज्ञका अनुसार दुध नहालेको ब्ल्याक कफी दिनको दुइ कप पिउदा लिभर रोगीका लागि निकै फाइदा हुन्छ । यसले भविष्यमा लिभरको रोग लाग्ने सम्भावना अत्यन्तै न्युन बनाइदिन्छ । कफीले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्दछ ।

२. कफीको अर्को महत्वपुर्ण फाइदा भनेको मोटोपना कम गर्नु हो । कफी नियमित सेवन गर्नाले मोटोपनाको समस्या खेपिरहेका मानिसको वजन घटाउन मद्दत गर्दछ । कफीमा रहेको एक रसायनले लिभारमा बोसो लाग्न दिदैन र वजन बढ्न पनि दिदैन ।

३. कफीको अर्को महत्वपुर्ण फाइदा भनेको हृदयघात हुने रोगबाट बच्नु हो । हरेक दिन तीनदेखि पाँच कप कफी पिउने व्याक्तिको हृदयघातबाट मृत्यु हुने डर २१ प्रतिशतसम्म कम हुने अध्ययनले जनाएको छ ।

४. कफीले मधुमेहको खतरा पनि कम गर्दछ । दैनिक ४ कप कफी पिउने हो भने मधुमेह रोग लाग्ने डर कम हुन्छ ।  ५. कफीले रगतमा एड्रेनालाइनको स्तर बढाउछ । यसलाई लडाइ वा उडान हर्मोन भनिन्छ । जसले शरीरलाई तिब्र शारीरिक परिश्रमका लागि तयार पार्ने विज्ञहरुको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार