सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह
समाचार

दैनिक उपभोग्य वस्तुको सहज उपलब्ध गराउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ । चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबानलगायत प्राकृतिक विपद्का कारण जनधनको क्षति भएको विपद्को यस घडीमा खाद्य वस्तुलगायतका अति आवश्यक वस्तुको नियमित आपूर्ति व्यवस्था सहज, सरल र सुगम बनाउन उद्यमी–व्यवसायीबाट आवश्यक सहयोग हुने अपेक्षा गरेको छ ।

चेम्बरले राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपद् व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गरिने व्यवस्था नेपाल सरकारबाट जानकारी भएको हुँदा प्रदेश जिल्ला तथा नगर चेम्बर अफ कमर्स र आबद्ध सदस्यले सोही अनुसार आवश्यक पहल र कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ । चेम्बरले आज एक विज्ञप्ति गरी विपद्मा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै