बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४ सै घण्टा खटिनेः महानिरीक्षक खनाल
समाचार

विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४ सै घण्टा खटिनेः महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद्मा नागरिकलाई जोगाउन सशस्त्र प्रहरी बल २४ सै घण्टा खटिने बताउनुभएको छ । आज पाँचखाल नगरपालिका–७ कुरकुरे डाँडामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेडक्वाटर भवनको उद्घाटन गर्दै उहाँले जनताको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

महानिरीक्षक खनालले विपद्को अवस्थामा होस् या अन्य अवस्थामा सशस्त्र प्रहरी जनताको सुरक्षा तथा उद्धारमा खटिँदै आएको बताउनुभयो । उहाँले विपद्को अवस्थामा सशस्त्र प्रहरी बल अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गर्दै आएको बताउनुभयो । “हामी नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन र स्थानीय तहसँग मिलेर काम गरिरहेका छौँ”, खनालले भन्नुभयो ।

सो अवसरमा गणपति प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले रु १३ करोड २१ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । पाँचखालमा २२० रोपनी जमीन अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै