बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • बडादशैँको उपलक्षमा शुभकामना आदानप्रदान तथा मेलमिलाप कार्यक्रम
मनोरञ्जन

बडादशैँको उपलक्षमा शुभकामना आदानप्रदान तथा मेलमिलाप कार्यक्रम

काठमाडौँ । मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो ।

मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो ।

अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका विभिन्न सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । समारोहमा डा. डीआर उपाध्याय, बसुन्धरा भुसाल, चैतदेवी, भूवन चन्द, आश्विनीकान्त झा, सुन्दर श्रेष्ठ, सुन्दरमान थिङ, सारिका घिमिरे, बासुदेव फुलारा, चन्द्र रानाहँछा, शिवम् अधिकारी, सन्तोष श्रेष्ठ, प्रदीप बास्तोला, राज लुइटेल, योगेश काजी, सुनिता बस्नेत, शेखर खनाललाई उहाँहरूको मिलाप कभर हस्तान्तरण गरिएको थियो ।

यस्तै अतिथिहरूबाट निर्देशक मिलन चाम्स, कलाकार तथा समाजसेवी मनोज भेटवाल, साहित्यकार भीष्मराज फुलारा, लेखनाथ पोख्रेल, अमर वान्तु, सङ्गीतकार राजु सिंह, छायाँकार तथा निर्देशक सवनम मुखिया, समाजसेवी तथा व्यवसायी दीपक शिवा, ताराबहादुर कुँबर, रामजी अवाल, रमेश थापा, सञ्चारकर्मी नरेश भट्टराई, सन्दीप पौड्याल र मनोज थापालाई मिलाप सम्मान प्रदान गरिएको थियो ।

मिलापकी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको संयोजनमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दीप ज्योति थापाले गर्नुभएको थियो । समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो र बडा दशैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार