बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • वेव सिरिज “आलु जस्तो लव” को शुभ मुहूर्त सम्पन्न
मनोरञ्जन

वेव सिरिज “आलु जस्तो लव” को शुभ मुहूर्त सम्पन्न

काठमाण्डौं । देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज “आलु जस्तो लव” को एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्ड का अध्यक्ष राज कुमार राई को हात बाट दिप प्रजोलन गरि “आलु जस्तो लव” मुहूर्त गरिएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौ.का विभिन्न ठाउँमा छायाँकन भै रहेको छ ।

समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो बेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता अमित ठाकुरले बताए ।

कृष्ण केसीको कथा , बिदुर तिमल्सिनाको गीत, पुस्तकको संगीत संयोजन, देव धिमाल लेखन/निर्देशन, सबिना लामा श्रृङ्गार, प्रवेश राईको छायांकन, राहुल कोइरालको सह–छायांकन, विजय राज भुर्तेलको सम्पादन, अनिता सुवेदी धिमाल/मन्जु फुयालका निमार्ण सो बेव सिरिजमा हुने भएको छ ।

बेव सिरिजमा कलाकारहरु राज कुमार शाह, भिमसेन खतिवडा, दिवस नाथ, मनिश प्रितम निरौला, सबिना गहतराज, प्रियान्का श्रेष्ठ, पुनम परियार, सोनुया रन्जित, अक्बर थुप्रा लिम्बू, प्रियान्सी श्रेष्ठ, अमित ठाकुरको अभिनय देखिने निमार्ण पक्षले बताएको छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार