बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सुदूरपश्चिम : थप ३६ जनामा सङ्क्रमण
सुदुर पश्चिम प्रदेश

सुदूरपश्चिम : थप ३६ जनामा सङ्क्रमण

बैतडी, १८ असोजः सुदूरपश्चिम प्रदेशमा आज ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । छब्बिस जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई/दुई र बैतडीका एक जनामा सङ्क्रमण देखिएको हो ।

गएको २४ घण्टामा प्रदेशभर २९ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा १५ जनामा सङ्क्रमणको पुष्टि हुँदा २९ जना निको भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार