बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • र्याफ्टिङका क्रममा सुनकोसीमा खसेर २२ वर्षीय साजन खड्काको मृत्यु
समाचार

र्याफ्टिङका क्रममा सुनकोसीमा खसेर २२ वर्षीय साजन खड्काको मृत्यु

सिन्धुपाल्चोक, १७ असोज: र्याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज मृत्यु भएको हो । सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए ।

नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । शनिबार सुकुटेबीच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एड्भेञ्चर कम्पनीबाट र्याफ्टिङमा गएका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार