बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • विगतदेखि आ’तङ्क म’च्चाउँदै आएको मकुना हात्ती मर्यो
समाचार

विगतदेखि आ’तङ्क म’च्चाउँदै आएको मकुना हात्ती मर्यो

धरान, १७ असोजः सुनसरी र सप्तरी क्षेत्रमा विगतदेखि आ’तङ्क म’च्चाउँदै आएको मकुना हात्ती मृतावस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयभन्दा एक किमी उत्तरमा स्थानीयवासीको धानबारीमा आज बिहान मृतावस्थामा भेटिएको आरक्षणका वार्डेन अशोक रामले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार राति १२ बजे आरक्षणबाट बाहिर निस्किएको मकुना बिहान धानबारीमा मृतावस्थामा रहेको खबर आएकाले हेर्न जाँदा धानबारीमा राखिएको करेन्ट लागेर मृत्यु भएको पाइएको थियो । विगत ४/५ वर्षदेखि मकुनाले दर्जनौँ व्यक्तिको ज्यान लिइसकेको थियो । यसको उपद्रो सहन नसकेर स्थानीयवासीले मार्ने उपाय खोजिरहेको थिए ।

नेपालमा कूल २२५ वटा जङ्गली हात्ती छन् रहेकामा कोशी टप्पुमा मात्रै १६ वटा हात्ती रहेका र भारतबाट झापाको बाहुनडागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । ती हात्तीले आरक्षण नजिकका स्थानीयवासीलाई दुःख दिँदै आएका थिए । (रासस)

चर्चामा

सम्बन्धित समाचार