मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा निधन
समाज

ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा निधन

वालिङ, १५ असोज: ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति निधन भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै