बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सुदूरपश्चिममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
सुदुर पश्चिम प्रदेश

सुदूरपश्चिममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

बैतडी, १४ असोज: सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए । (रासस)

चर्चामा

सम्बन्धित समाचार