बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • प्रदेश १ मा १८७ कोरोना सङ्क्रमित थपिए
प्रदेश १

प्रदेश १ मा १८७ कोरोना सङ्क्रमित थपिए

विराटनगर, १४ असोज: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८७ कोरोना सङ्क्रमित थपिएका छन् । एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ तथा ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५१, झापामा ५१, सुनसरीमा २७, इलाम र धनकुटामा तीन तीन तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा कोरोना देखिएको हो ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ महिलासहित १९१ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार