बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • बाढीपहिराका कारण विद्यालय बन्द
समाचार

बाढीपहिराका कारण विद्यालय बन्द

लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गराएका छन् । लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।

भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा पनि बाढीपहिराका कारण शिक्षक तथा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नरहेकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै