बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट
सुदुर पश्चिम प्रदेश

झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताउनुभएको छ । आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न आइपुग्नुभएका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभयो । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उहाँले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री भट्टले पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र राज्यमन्त्री मानबहादुर सुनारलगायतले निर्माणाधीन चार लेनको सडक, पक्की पुल, कृषि कार्यक्रमअन्तर्गत गरिएको मसला खेती, सुक्खा बन्दरगाहका लागि प्रस्तावित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रसँगै महाकाली नदीमा निर्माण गरिएको तटबन्धको अवस्थाका बारेमा अवलोकन गर्नुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार