बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक
भिडिओ

सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक

काठमाडौं । अभिनेता सवीन श्रेष्ठ अभिनित चलचित्र ‘धन्दागिरी’ को आइटम गीत सार्वजनिक गरिएको छ । नरेन्द्र भट्टराइ (एन.बि.अन्जान) को निर्देशनमा बनेको चलचित्र कोरोना महामारी र लक डाउनका कारण रिलिज रोकिएको थियो । सार्वजनिक आइटम गीत ‘बारुली बारुली’मा मिना निरौलाको स्वर रहेको छ । गीतमा शब्द नारायण नेपालको र संगीत सुर्य कमल राईको संगीत तथा संजय हमालको एरेन्ज रहेको छ ।

अब चलचित्र दशैंको अवसर पारेर असोज २६ गते देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सवीनसँगै छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशील पोखरेल, दीपक क्षेत्री, बिएस राणा, बिपना बस्नेत, सुवाष गजुरेल, सुनिल कटुवाल, सबिता रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।

दिनेश खड्का एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कुमार प्रसाद ओझा हुन् । कबि भक्त क्षेत्री र फुर्वा दोर्जे तामाङ चलचित्रका निर्माता हुन् । आर आर फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन् । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिज एण्ड फिल्म्सले लिएको छ । गीत डिएआर मुभिजको अफिसियल यु ट्युबबाट सार्वजनिक गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार