बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • प्रदेश २ को पहिलो स्कुटर बिजेता हरेराम शर्मालाई सिजी ग्रुपद्वारा चावी हस्तान्तरण
विविध

प्रदेश २ को पहिलो स्कुटर बिजेता हरेराम शर्मालाई सिजी ग्रुपद्वारा चावी हस्तान्तरण

इटहरी / चौधरी ग्रुपको वाइवाई जिङ्ग चाउचाउ खदा सिरहा जिल्ला अवस्थित लहान ८ का हरेराम शर्मालाइ स्कुटर पुरस्कार परेको छ। लहान मुख्य बजारमा एक कार्यक्रमका गर्दै बिहिबार उनलाई स्कुटर हस्तान्तरण गरिएको छ । ‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय लहानका उपभोक्ताले बाजि मारेका हुन् ।

उनि प्रदेश २ मा यो योजना अन्तर्गत पहिलो स्कुटर बिजेता हुन्। प्रदेश १ मा भने १२ ओटा स्कुटर पुरस्कार स्वरुप वितरण गरिसकिएको सिजी ग्रुप नुडल्स डिभिजनका प्रदेश १ प्रमुख पुण्य प्रसाद लुइँटेलले जानकारी गराए। १३ औ स्कुटर बिजेता शर्मालाई सिजी ग्रुप प्रदेश २ का म्यानेजर संजय मिश्रा, लहान नगरपालिका वार्ड न. ८ अध्यक्ष विजय कुमार महतो, सरगम एफएमका संचालक फिरोज शेख, नुडल्स डिभिजन प्रदेश २ सहायक प्रवन्धक नवल चौहान र प्रदेश १ बजार प्रमुख रबिन्द्र शाक्य, सप्तरी उधोग बाणिज्य संघ पुर्वअध्यक्ष र नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष समेत रहेका मनोज कुमार मुन्धडाले संयुक्त रुपमा स्कुटरको चावी हस्तान्तरण गरेका थिए।

बिहिबार चावी हस्तान्तरणपछि नगर परिक्रमा गरिएको थियो भने शुक्रबार समेत प्रदेश २ का विभिन्न जिल्लाहरुमा बिजेतासहित नगर परिक्रमा गरिएको थियो।कार्यक्रममा प्रदेश २ का विभिन्न डिस्टिब्युटरका प्रतिनिधिहरु, सिजि ग्रुपका जिल्ला प्रतिनिधिहरु: संजय शिंह, प्रकाश ठाकुर, गोबिन्द दाहाल, आरपी शिंह, नविन मिश्र लगायतको उपस्थिति रहेको थियो ।

‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम रमेश पौडेलले संचालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार