मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • मोबाइल चोरीको आरोपमा दुई पक्राउ
सूचना/प्रबिधि

मोबाइल चोरीको आरोपमा दुई पक्राउ

बर्दिया, ७ असोजः बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तो’ड’फो’ड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।

दिनलाई घटनास्थलबाटै र सो घटनामा संलग्न रहेको आरोपमा कुरेसीलाई खोजतलास गर्दै जाँदा बर्दिया बढैयाताल गाउँपालिका – ३ भोलागौडी बजार नजिकबाट चोरी भएका चार थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई बर्दिया जिल्ला अदालतबाट चोरी मु’द्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार